निरज भुसालको एआई बाढी ‘ट्रयाकर’ : रसुवा-भोटेकोशी बाढीको ताजा अवस्था र क्षतिको विवरण दिने


काठमाडाैं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट देशका विभिन्न क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण र पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्यले निरज भुसालले ‘रसुवा–भोटेकोशी बाढी नामक वेबसाइट सञ्चालनमा ल्याएका छन्।

भुसालका अनुसार उनले एआई प्रविधि, विशेषगरी ‘ग्रोक बट’ को प्रयोग गरी उक्त वेबसाइट तयार गरेका हुन्। वेबसाइटले नेपाल सरकार, विभिन्न सञ्चारमाध्यम तथा सम्बन्धित निकायबाट प्रकाशित आधिकारिक सूचनालाई आधार बनाएर बाढीसम्बन्धी विवरण अद्यावधिक गर्ने उनले बताएका छन्।

वेबसाइटमा बाढी प्रभावित क्षेत्र, भएको क्षतिको विवरण, उद्धार तथा राहतसम्बन्धी जानकारीलगायत आकस्मिक अवस्थामा आवश्यक पर्ने मोबाइल नम्बरहरू पनि उपलब्ध गराइएको भुसालले जानकारी दिएका छन्। उनका अनुसार वेबसाइटले उपलब्ध आधिकारिक सूचनालाई प्रत्येक पाँच–पाँच मिनेटमा अद्यावधिक गर्नेछ। वेबसाइट आजदेखि नै सञ्चालनमा ल्याइएको हो।