नेपाल क्यापिटल मार्केट डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा आवद्ध भएको छ । बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा हुन लागेको यस डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा आवद्ध हुन लागेको हो ।

नेपालको पूँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । नेपालको पूँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटनसत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी एण्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरु, सेक्यूरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेञ्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ।