बर्दियाको एक विद्यालयबाट ३ लाख ८० हजारको धनमाल चोरी 


काठमाडौं – बर्दियाको गेरूवा गाउँपालिका–३ बनकट्टीस्थित सरस्वती आधारभूत विद्यालयबाट ३ लाख ८० हजार रूपैयाँ बराबरकाे चाेरी भएकाे छ।

विद्यालयबाट ल्यापटप ४ थान, प्रोजेक्टर १ थान समेत गरी करिब ३ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हाे।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।