धौलागिरी लघुवित्तको डिसीईओमा मिन प्रसाद जोशी नियुक्त


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा मिन प्रसाद जोशी नियुक्त भएका छन्। कम्पनीको आज अर्थात् साउन २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले डिसीईओमा जोशी नियुक्त भएका हुन्।

जोशीलाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी स्थायी नियुक्ती गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ।