काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) को नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ मा को वित्तीय विवरणले नाफामा सुधार आएको देखाएको हो । कम्पनीले गत वर्ष ४० करोड ५७ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३१ करोड ५८ लाख खुद नाफा कमाएको थियो ।
गत वर्षको अवधिमा कम्पनीले २१ अर्ब १४ करोड ५४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको कुल आम्दानी ३२ अर्ब ३३ करोड १२ लाखबाट बढेर ३३ अर्ब ४६ करोड ९९ लाख पुगेको छ।
कम्पनीको कुल खर्च पनि ३० अर्ब ६८ करोड ७५ लाख पुगेको छ। गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७.३८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५.७४ रुपैयाँ थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेको छ । महाविपत्ति कोषमा ७७ करोड ३५ लाख रहेको छ भने जगेडा कोषमा २ अर्ब ६५ करोड ६१ लाख छ । जीवन बीमा कोषमा १ खर्ब ४६ अर्ब ८१ करोड ४३ लाख रहेको छ ।








About Us
प्रतिक्रिया