बैकिङ्ग समाचार ।
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ।



About Us
प्रतिक्रिया