१० वर्ष पुरानो लाभाशं लिन शेयरधनीलाई सिद्धार्थ बैंकको आग्रह


काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० वर्ष पुरानो लाभाशं लिन आग्रह गरेको छ। बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय रहेका तथा हकदावी नपरेका खातावालाहरूलाई लाभाशं लिन आग्रह गरेको हो।

साथै, १० वर्षदेखि कारोबार नभई निष्क्रिय रहेका खातावालाहरूलाई आवश्यक प्रमाणसहित यस बैंकको सम्बन्धित शाखामा सम्पर्क राखी आफ्नो खातालाई अद्यावधिक गरी सुचारु गर्न समेत बैंकले आग्रह गरेको छ।

शेयरधनी वा हकवालाहरुले प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण तथा काजजातहरु सहित बैंकको शेयर रजिष्टार सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो।

अन्यथा, विगत १० वर्ष देखि शुन्य मौज्दात रही कारोबार नभएको निष्कृय खाताहरु नियमानुसार बन्द हुने समेत बैंकले जनाएको छ।