फस्र्ट माइक्रोफाइनान्स र महिला लघुवित्तीच मर्जर सम्झौता


काठमाडौं – फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ। यी दुई कम्पनीबिच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

साथै, नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशीका २०७९ को दफा ३(१) मा भएको व्यवस्था बमोजिम यस लघुवित्त वित्तीय संस्थाका आधारभुत शेयरधनीहरुको सोहि निर्देशिकाको दफा ७ मा भएको ब्यवस्था बमोजिम साधारण सभा नभएसम्मको लागि शेयर कारोबार यथावत रोक्का राखिदिनका लागि कम्पनीले आग्रह समेत गरेको छ।