पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनी तथा हकवालालाई नबिल बैंकको आग्रह


काठमाडौं – नबिल बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) ले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सो लाभांश लिन नआएका सम्बन्धित शेयरधनीलाई बैंकको शेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो।

बैंकले सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले बुझिलिन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ सम्मको नगद लाभांश, ‘लगानीकर्ता संरक्षण कोष’ मा दाखिला जम्मा गरेको रकम समेत बैंकको शेयर रजिष्ट्रार मार्फत माग गर्न सकिने बैंकले जनाएको छ।

साथै, बैंकको आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरित नगद लाभांश समेत यदि शेयरधनीहले नबुझेको वा प्राप्त नगरेको भए बैंकको शेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क राखी बुझिलिन अनुरोध गरेको छ।