लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा, बोनस र नगद कति ?


काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म आनुपातिक रूपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २० औँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन्। गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो।

साउन २२ गते बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए।