काठमाडौं – कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ। बैंकका सीईओ नीरज विक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अंगुर जिसीकाअनुसार तत्कालिन सीईओ शाहकी श्रीमति शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको हो। उनीहरुविरुद्ध एकवर्ष अघि नै पक्राउ पुर्जी जारी भएपनि फरार रहेका थिए।
प्रहरीले उनीहरुलाई नेपालगञ्जबाट नै पक्राउ गरेको हो। कर्णाली विकास बैंकमा ठूलो घोटला भएपछि १०९ जनालाई प्रतिवादी बनाएर यतिबेला उच्च अदालतमा मुद्धा दायर भएको छ। यही प्रकरणमा पक्राउ परेका ४ जनालाई मुद्दा दायर भएकोमा १ जना धरौटीमा छुटेका छन् भने ३ जना पुर्पक्षका लागि कारागारमा छन्। ३६ जना अदालतमा उपस्थित भएकोमा धरौटी राखेर तारेखमा छुटेका छन्।
बैंक ठूलो रकम अनियमितता भएपछि नेपाल राष्ट्र बैंकले २०८१ पुसमा समस्याग्रस्त घोषणा गरेको छ। हाल बैंकको व्यवस्थापन राष्ट्र बैंकबाट खटिएको टोलिबाट नै हुँदै आइरहेको छ।







About Us
प्रतिक्रिया