सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल कार्यालय फर्किए


काठमाडौं – सन नेपाल लाइफ इन्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल कार्यालय फर्किएका छन्।

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको १६१ औँ बैठकको निर्णयले अर्याललाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो।

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको शेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियाे।