नाडेप लघुवित्तका सीईओ अर्यालको राजीनामा स्वीकृत, कामु सीईओमा आचार्य


काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ। कम्पनीको साउन २१ गते आज बसेको सञ्चालक समितिको २४२ औं बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो। अर्यालले साउन १८ गते सीईओ पदबाट राजीनामा दिएका थिए।

साथै, साउन २१ गतेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि यसै संस्थाका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद आचार्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले जानकारी दिएको छ।