इन्फिनिटी लघुवित्तमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले केन्द्रीय तथा विभिन्न शाखा कार्यालयमा ४ पदका लागि कर्मचारी माग गरेको हो। कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

वरिष्ठ सहायक पदको लागि कम्तीमा प्रवीणता प्रमाणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा ३ वर्ष काम गरेको वा स्नातक तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्नेछ। त्यस्तै, सहायक पदको लागि कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तिमा २ वर्ष कार्य गरेको हुनुपर्नेछ।

कनिष्ठ सहायक पदको लागि कम्तिमा एसइई/एसएलसी/प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तिमा १ वर्ष कार्य गरेको हुनुपर्नेछ। साथै, प्रशिक्षार्थी पदका लागि कम्तीमा एसईई/एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी पहाड तथा तराईका ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक, मेहनती तथा लगनशील हुनुपर्नेछ।

उमेरको हदमा सहायक तहका पदहरूका लागि आवेदकहरूको उमेर १८ देखि ३५ वर्षको बीचमा हुनुपर्नेछ। महिला आवेदकहरूका लागि उमेरको हदमा थप पाँच वर्षको छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ। सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक आवेदकहरूले अनलाइन मार्फत भदौ ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।