प्रि ओपन सेसनमा १.८५ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.८५ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ५ करोड ५५ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ लाख ४ हजार ४२७ कित्ता शेयर किनबेच भएको छ।

आज यस सेसनमा ६० कम्पनी कारोबारमा आउँदा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ३ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।