काठमाडौं – नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौं संशोधन, २०८३) गरेको छ । केन्द्रीय बैंकले विभिन्न व्यवस्थाहरुमा हेरफेर गर्दै खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गरेको हो ।
मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवम् तरलताको सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरू प्रयोग गर्न कार्यविधि संशोधन गरेको केन्द्रीय बैंकले बताएको छ । केन्द्रीय बैंकले कार्यविधि संशोधन गर्दै तरलता व्यवस्थापनका उपकरणको न्यूनतम सिमा १० करोड पुर्याएको छ । यसअघि यस्तो सिमा ५ करोड रहेको थियो ।
अब निक्षेप संकलन उपकरण उपयोग गर्न बोलकबोलमा भाग लिने काउण्टरपार्टीले निक्षेप संकलन बोलकबोल उपकरणको न्यूनतम बोल मूल्य रु.१० करोड र रु.१० करोडले भाग गर्दा निःशेष भाग जाने अंकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन् । रिपो उपकरण उपयोग गर्न बोलकबोलमा भाग लिँदा पनि १० करोडको सिमा नै लागू हुनेछ । रिभर्स रिपो बोलकबोलको न्यूनतम बोल मूल्य रु. १० करोड र रु. १० करोडलेभाग गर्दा निःशेष भाग जाने अंकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
कार्यविधिमा संशोधनसँगै सोझै खरीद बोलकबोलको न्यूनतम बोल मूल्य रु. १० करोड र रु. १० करोडले भाग गर्दा निःशेष भाग जाने अंकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन् । साथै दीर्घकालीन निक्षेप संकलन उपकरणको न्यूनतम बोल मूल्य रु. १० करोड र रु. १० करोडले भाग गर्दा निःशेष भाग जाने अंकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ ।
यसैगरी, केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरणको बाँडफाँटमा पनि नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले काउण्टरपार्टीले निक्षेप संकलनको प्रमाणपत्र माग गरेमा विभागले अनुसूची–२ बमोजिमको प्रमाण–पत्र प्रदान गर्नेछ । परिपक्व मितिमा सो वापतको साँवा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरेको छ ।
ब्याजदर करिडोर सम्बन्धी व्यवस्थामा पनि केन्द्रीय बैंकले मौद्रिक नीतिले तोकेबमोजिम ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको ब्याजदरमा स्थायी तरलता सुविधा उपलब्ध गराइने बताएको छ ।







About Us
प्रतिक्रिया