चौधौँ कारोबारका दिन एभरेष्ट कलरको शेयर मूल्यमा उच्च गिरावट, अन्यको कति ?


काठमाडौं – आज एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज कारोबारमा आएको १४ औं दिनपछि यस कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्। लगातार १३ कारोबारको दिनसम्म सकारात्मक सर्किट लागेको यो कम्पनीको शेयर आज भने ९.०३ प्रतिशतले घटेको छ। कम्पनीकाे शेयर मूल्य १५ सय ७५ मा सीमित भएकाे छ।

त्यस्तै, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ को शेयर मूल्य ८.७७ प्रतिशतले घटेको छ। त्यसैगरी, ९.५ प्रतिशत मन्जुश्री फाइनान्स डिबेन्चर २०८५ को ६.०२ प्रतिशत, १० प्रतिशत नबिल डिबेन्चर २०८२ को ५.७१ प्रतिशत, र १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ को शेयर मूल्य ५.६० प्रतिशतले घटेर बन्द भएको छ।