नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम पनि सामान्य बढ्यो


काठमाडौं – शेयर बजारमा आज झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४.७९ प्रतिशतले बढेर बजार २६ सय ६७ दशमलव ९७ को बिन्दुमा बन्द भएको छ। आज ३५० कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ६७ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीका लगानीकर्ताले ५८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावरको ३४ करोड ८४ रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, शिखर पावरका लगानीकर्ताले ५.९१ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज एभरेष्ट कलरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका हुन्।