काठमाडौं – नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्त सम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ। साथै, उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको हो।
अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि प्रहरीले सदैव क्रियाशील रहेको प्रहरीले जनाएको छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी देशभरि नै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ।







About Us
प्रतिक्रिया