यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.१५ अंकले घटेरसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

आज कारोबारमा आएका ३४३ कम्पनीमध्ये ५८ कम्पनीको शेयर मूल्य बढ्दा एभरेष्ट कलर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ८०–२० र छ्याङ्दी हाइड्रोपावर को शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

जसमध्ये, एभरेष्ट कलरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, खानीखोला हाइड्रोपावरको १०।०७ प्रतिशत, जोशी हाइड्रोपावरको ५.२६ प्रतिशत, हिमालयन ८०–२०को ४.६२ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले कमाएका छन्।