यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रेना रिजाल नियुक्त भएकी छिन्। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी निमित्त सीईओको जिम्मेवारी रिजाललाई दिने निर्णय गरेको हो।

कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रिजाललाई अर्काे व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको कम्पनीले जानकारी दिएकाे छ।