यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.२९ अंकले घट्दा ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ।

आज कारोबारमा आएका ३३७ कम्पनीमध्ये २२६ कम्पनीको शेयर मूल्य घटदा कालिञ्चोक हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत योजना–२, र रिज लाइन इनर्जीको शेयर मूल्यमा उच्च गिरावट आएका छन्।

जसमा कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ। त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको १२.३० प्रतिशत, सोलु हाइड्रोपावरको ३.८२ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को ३.४७ प्रतिशत र रिज लाइन इनर्जीको लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन्।