लगातार चौथो कारोबारको दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्बमा सीमित


काठमाडौं – आज पनि शेयर बजार घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.२९ अंकले घटेर बजार २६ सय ७२ दशमलव ५८ को बिन्दुमा कायम भएको छ। आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने, २०६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यससँगै आज सबैभन्दा बढी गुमाउनेमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन्।