काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १४ गतेदेखि सकिने भएको छ।
कम्पनीको धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता शेयरहरू (बोनस शेयर र हकप्रद शेयर सहित) मध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयर लकइनमा रहेका छन्।
कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँट गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
लकइन अवधि सकिएपछि भदौ १५ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ ।







About Us
प्रतिक्रिया