प्रभु बैंक प्रकरणमा बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्तलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए। 

जबराले उनलाई बैंकिङ्ग कसुरमा पक्राउ गरिएको बताए । उनलाई प्रभु बैंकको कर्जा अपचलन गरेको कसुरमा नियन्त्रणमा लिएको जबराले बताए ।