काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले ५० अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले ५० अर्ब ६० करोड बढी बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले ५० अर्ब ६० करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरूले ४३ अर्ब ९५ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेका थिए। समीक्षा वर्षमा कम्पनीहरूले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेका छन् । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सबै बीमा कम्पनीको बीमा शुल्क बढेको छ ।
गत वर्ष सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ६ अर्ब ५१ करोड १२ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब ४२ करोड २२ लाख बीमा शुल्क संकलन गर्दा तेस्रोमा हिमालय एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३७ करोड ४१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी, गत आर्थिक वर्षमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५ करोड ११ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख र ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख कुल बीमा शुल्क संकलन गरेका छन् । साथै, युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ११ करोड ६२ लाख, सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख , नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख , प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख कुल बीमा शुल्क संकलन गरेका छन् ।







About Us
प्रतिक्रिया