एनएमबी लघुवित्तले माग्यो कर्मचारी


काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थाले ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत/सुपरभाईजर/ बरिष्ठ सहायक, कनिष्ट अधिकृत/सुपरभाईजर, सुपरभाइजर/बरिष्ठ सहायक/सहायक र सहायक/कनिष्ठ सहायक गरी ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २७ गते कार्यालय समयभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

अधिकृत तहका लागि २१ देखि ४० वर्ष र सहायक तहका लागि १८ देखि ३५ वर्ष उमेर सीमा तोकिएको छ । महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्ष थप छुट दिने कम्पनीले जनाएको छ।