भन्सार कार्यालय सप्तरीले गत आर्थिक वर्षमा संकलन गर्यो ७ करोड राजस्व


काठमाडौं – जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा ७ करोड ४२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहकाअनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य ८ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०।१ प्रतिशत अर्थात ७ अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ ।