प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.८७ अंकले बढेर बन्द भएको छ। यस सेसन भरमा ४१ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारमा आएका ५१ कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज यस सेसनमा १९ हजार ८५२ कित्ता शेयर किनबेच भएको छ।