काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय ठगीका घटनाहरु बढ्दा यसतर्फ चासो राखेको छ । केन्द्रीय बैंकले लगातार रुपमा ठगीबाट बच्न भन्दै वित्तीय चेतनाका लागि सूचना जारी गर्दै आएको हो ।
केन्द्रीय बैंकले स्क्यामरले विश्वासिलो कथा (स्क्यामका विभिन्न तरिकाहरू) बनाउँदै हाम्रो पैसा वा वित्तीय सूचना चोर्न सक्ने बताएको हो । नवीनतम प्रविधि, नयाँ प्रकारका सेवा र फरक परिवेशसँगै यसका तरिकाहरू परिवर्तन भइरहेका छन् । यस्तो अवस्थामा जो कोही पनि स्क्याममा पर्न सक्ने बताएको हो ।
त्यसैले, अपरिचित व्यक्ति र संस्थाले लिंक पठाएर खोल्न लगाउएका त्यस्तो लिंक खोल्न नहुने जनाएको छ । कुराकानीको टोन सामान्य अवस्थाको भन्दा फरक छ र पैसा पठाउन आग्रह गर्नु वा वित्तीय सूचना माग्नु पनि ठगीको संकेत भएको केन्द्रीय बैंकले जनाएको छ ।
पठाउनुपर्ने भन्दा अन्य अपरिचित र फरक खातामा रकम पठाउन लगाउनु पनि वित्तीय ठगी हो । सञ्चारको माध्यम सामाजिक सञ्जाललाई मात्र प्रयोग गरी वित्तीय कारोबार गराउन खोज्नु वा वित्तीय जानकारी प्रयोगकर्ता नाम ओटीपी, पिनहरु माग्नु, तत्कालै कारोबार गर्न दबाब दिनु, नयाँ खाता वा विवरणको लागि अनुरोध गर्नु, धेरै नाफा तर जोखिम छैन भनी आकर्षक प्रस्ताव देखाउनु ठगीका संकेतहरु हुन् ।
ठगीमा परेपछि पीडितले अन्जानमा आफैं पैसा पठाउँछ । यता, पीडितको वित्तीय सूचना चोरी हुन्छ । पीडितको वित्तीय साधन र सूचनामा अर्कैले पहुँच स्थापित गर्छ । त्यसैले, शंका लागेमा रोकिएर आधिकारिकता जाँच गरि, आवश्यक परेमा साइबर ब्यूरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराउन केन्द्रीय बैंकले अनुरोध गरेको छ ।








About Us
प्रतिक्रिया