पहिलो कारोबारको दिन नेप्सेमा ३३.२८ अंकको गिरावट, कारोबार रकम ६ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.२८ अंकले घटेर बजार २७ सय १ दशमलव ३२ को बिन्दुमा बन्द भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। 

आज दिनभरिमा कारोबारमा आएका ३५९ कम्पनीको १ करोड ३९ लाख कित्ता शेयर किनबेच भएको भने ६ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको २८ लाख १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले  गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका हुन् ।