काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आर्थिक वर्ष ०८२/८३ को अन्तिम महिना असारमा कुल ८० अर्ब रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसमध्ये १० वटा कम्पनीको मात्रै झन्डै २० अर्ब रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेको तथ्यांकले देखाउँछ ।
असार महिनामा सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा आँखु खोला जलविद्युत् आयोजना शीर्ष स्थानमा छ । जलविद्युत् क्षेत्रको यस कम्पनीको मात्रै एकै महिनामा ४ अर्ब ४ करोड रूपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, दोस्रो स्थानमा रहेको उत्पादन तथा प्रशोधन समूहको रिलायन्स स्पिनिङ मिल्सको २ अर्ब ७० करोड रूपैयाँ र तेस्रो स्थानको लगानी समूहअन्तर्गत एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २ अर्ब ५७ करोड रूपैयाँको सेयर खरिदबिक्री भएको छ ।
सूचीको चौथो स्थानमा रहेको सोपान फर्मास्युटिकल्सको १ अर्ब ७९ करोड रूपैयाँ र पाँचौँ स्थानको सेन्ट्रल फाइनान्सको १ अर्ब ६६ करोड रूपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, होटल तथा पर्यटन क्षेत्रको सिटी होटलको १ अर्ब ५९ करोड रूपैयाँ, शिवम् सिमेन्टको १ अर्ब ५१ करोड रूपैयाँ र ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ को १ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ । उच्च कारोबार हुने शीर्ष १० को अन्तिम दुई स्थानमा लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ रहेका छन् । यसको असार महिनामा समान १ अर्ब ४१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।








About Us
प्रतिक्रिया