हिमालयन लघुवित्तमा रोजगारीको अवसर, के चाहिन्छ योग्यता ?


काठमाडौं –  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ जना कर्मचारी माग गरेको छ । संस्थाले साउन ९ गते एक सूचना जारी गर्दै कनिष्ठ सहायक पदका लागि एकै पटक ३३ जना कर्मचारी माग गरेको हो। 

उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यतामा माध्यमिक शिक्षा परीक्षा (एसएलसी/एसईई) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर (वर्ड, एक्सेल, इमेल—इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त, काठमाडौं उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरूमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

उमेरको हदमा दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर, महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप संस्थाले जनाएको छ।