हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा दिनेश बहादुर अमात्य


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिडेको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिनेश बहादुर अमात्य दिएको छ। कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत अमात्यलाई सो पदको जिम्मेवारी दिएको हो ।

उनले आजकै मितिदेखि निमित्त सीईओको जिम्मेवारी लिएको कम्पनीले जनाएको छ।