ग्रामीण विकास लघुवित्तको अध्यक्षमा नहकुल केसी चयन


काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. नहकुल केसी चयन भएका छन्। कम्पनीको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई सो पदमा चयन गर्ने निर्णय गरेको हो।

साथै यसअघि असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नव गठित सञ्चालक समिति गठन भएको थियो । कम्पनीले सञ्चालक सदस्यहरुलाई साउन १० गते सम्पन्न सञ्चालक समितिको बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रेमराज पोखेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

जसमा अध्यक्षका रूपमा डा. नहकुल के।सी। रहेका छन् भने सञ्चालकमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल, नेपाल बैंक लिमिटेडको तर्फबाट सचिता पराजुली, लागत इन्भेष्टमेन्टको तर्फबाट माणिकरत्न शाक्य तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रमोद ज्ञवाली रहेका छन्।