सीवाईसी नेपाल लघुवित्तले बोलायो सातौं वार्षिक साधारण सभा


काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई साउन ३० गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा पोखरास्थित दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रालिको सभा हलमा बोलाएको हो । सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियाका लागि उपयुक्त संस्था पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने तथा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, अन्य वित्तीय संस्थाका शाखा खरिद तथा प्राप्ति गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामक निकायबाट आवश्यक स्वीकृति लिने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नेलगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारणसभा प्रयोजनका लागि संस्थाले यही साउन १९ गते शेयरधनी दर्ता किताब बन्द ९बुक क्लोज० गर्ने निर्णय गरेको छ। जसअर्थ, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा साउन १८ गतेसम्म कारोबार भई कायम शेयरधनीहरूले मात्र सो सभामा सहभागि हुन योग्य हुनेछन्।