काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही संख्या र रिलेसनसीप म्यानेजरका लागि १ जना गरी एकैपटक ४ जना कर्मचारी माग गरेको हो ।
बैंकले चिफ फाइनान्स अफिसरका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको प्रगतिशील अनुभवसहितको योग्य सीए वा एसीसीए पेसामा काम गरेको हुनुपर्नेछ। साथै, उम्मेदवारहरूसँग नेपाल वित्तीय प्रतिवेदन मानको राम्रो ज्ञान हुनुका साथै तथ्याङ्क विश्लेषण, वित्तीय प्रतिवेदन तयार पार्ने कार्य, लेखा र करसम्बन्धी विषयमा बलियो दक्षता हुनुपर्नेछ।
त्यस्तै, ब्रान्च म्यानेजर र रिलेसनसीप म्यानेजरमा आवेदन दिनका लागि आवेदकहरूसँग कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हुनुपर्नेछ, जबकि अफिसर स्तरका पदहरूका लागि स्नातकोत्तर तहको योग्यतालाई प्राथमिकता दिइनेछ।
ब्रान्च म्यानेजर सुपरभाइजरका लागि आवेदकहरूसँग कम्तीमा पाँच वर्षको बैंकिङ्ग अनुभव हुनुपर्नेछ, विकास बैंक वा वाणिज्य बैंकमा शाखा प्रबन्धकको रूपमा कम्तीमा दुई वर्ष काम गरिसकेका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। उमेरको हदमा म्यानेजर स्तरका अवेदकहरुमा ४५ वर्षभन्दा कम हुनेपर्नेछ। त्यस्तै, अफिसर स्तरको आवेदकमा ४० वर्षभन्दा कम र सुपरभाइजरको आवेदकका लागि ३५ वर्षभन्दा कम उमेर भएका आवेदकहरू आवेदन दिन सक्नेछन्।
उक्त पदहरूका लागि सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका इच्छुक तथा योग्यता पुगेकाले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।







About Us
प्रतिक्रिया