डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू गर्दै बीमा प्राधिकरण 


काठमाडौं – नेपाल बीमा प्राधिकरणले डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले  बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको हो । 

प्राधिकरणले बीमकको दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न दाबी प्रक्रियाको डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको हो । 

बीमितले दाबीको सूचना बीमकलाई दिने देखि बीमकले दाबी भुक्तानी गर्दा सम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने प्रणाली  तीन महिना भित्र तयार गरी अनिवार्य रूपमा लागू निर्देशन दिएको हो ।