यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१७ अंकले बढ्दा ५ कम्पनीको शेयर मूल्यमा भने उच्च गिरावट देखिएको छ। आज कारोबारमा आएका ३३८ कम्पनीमध्ये १११ कम्पनीको शेयर मूल्य घटेसँगै कुथेली बुखली, भुगोल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स, बिओके डिबेन्चर २०८६ ‘क’, र १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ को शेयर मूल्यमा सर्वाधिक गिरावट देखिएको छ।

जसमध्ये, कुथेली बुखलीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, भुगोल हाइड्रोको ९.९३ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत, बिओके डिबेन्चर २०८६ ‘क’, को ३ प्रतिशत र १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ का लगानीकर्ताले २।९९ प्रतिशतका दरले गुमाएका छन्।

त्यसैगरी, आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, स्नो रिभर्सका लगानीकर्ताले १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावरको ११.०४ प्रतिशत, शिखर पावरका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले कमाएका छन्।