बैकिङ्ग समाचार ।
नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठका मित्र तथा बोर्डका अर्का पूर्व अध्यक्ष सुरविर पौड्यालले पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको शनिबार बिहान श्रेष्ठको असामायिक निधन भएको जानकारी दिए ।
पौड्यालले सामाजिक सञ्जाल टवीटरमार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
श्रेष्ठ २०६८ असोज ३० गतेदेखि २०७२ असोज २९ गतेसम्म बोर्डको नेतृत्वमा रहेका थिए ।
यस्तै समाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गैरसरकारी संस्था साउथ एसियन पार्टनरसिप (साप) नेपालको कार्यकारी हुँदा सूचना नदिएको भन्दै श्रेष्ठलाई राष्ट्रिय सूचना आयोगले २०७० भदौमा दुई हजार रुपैयाँ जरिवाना समेत गरेको थियो।
उनी साप नेपालको अध्यक्ष हुँदा भएको निर्णयको सूचना माग गर्दै आयोगमा निवेदन दिदा पनि सूचना दिन अटेर गरेपछि उनी कारवाहीमा परेका थिए ।
facebook.com/surbir.paudyal/posts/10215855781621141






About Us
प्रतिक्रिया