इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार २५८ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि सो शेयर संस्थाकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएकोमा सो अवधिसम्म आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

सो शेयर खरिद गर्न इच्छृक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आजेदन दिन सक्नेछन्।