काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज नेप्सेमा कारोबारमा आएका ३४६ कम्पनी मध्ये ७७ कम्पनीको शेयर मूल्यमा वृद्धि आएको छ ।
यससँगै, एभरेष्ट कलर, भुगोल हाइड्रो, सालपा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रिटेकको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। जसमा एभरेष्ट कलरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, भुगोल हाइड्रोको १०.५० प्रतिशत, सालपा विकास बैंकको ५.९२ प्रतिशत, पियोर इनर्जीको ५.२३ प्रतिशत र श्रीनगर एग्रिटेकका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, आज सबैभन्दा बढी ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, ८.५ प्रतिशत नेपाल इन्भेष्मेन्ट बैंक डिबेन्चर २०८४ का लगानीकर्ताले ५.६३ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया