काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। लगातार ६ कारोबारसम्म बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने १३.९५ अंकले घटेर बन्द भएको छ। यससँगै बजार २७ सय १२ दशमलव ५४ को विन्दुमा बन्द भएको छ। आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ७ शेयर मूल्य भने स्थिर देखिएको छ।
आज दिनभरिमा कारोबारमा आएका ३४६ कम्पनीको १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, भुगोल हाइड्रोको लगानीकर्ताले १०.५० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया