काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेसँगै ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३४३ कम्पनीमध्ये एभरेष्ट कलर, रिज लाइन इनर्जीे, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनीङ मिल्सको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
जसमा एभरेष्ट कलरका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन्, त्यस्तै, रिज लाइन इनर्जीको १४.६४ प्रतिशत, श्रीनगर एग्रिटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.५६ प्रतिशत र रिलायन्स स्पिनीङ मिल्सका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा आत्मानिर्भर लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, लक्ष्मी उन्नती कोषको ५.१५ प्रतिशतले गुमाएका छन्।






About Us
प्रतिक्रिया