काठमाडौं – नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १२ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर बिक्रीमा ल्याएको हाे । हालका लागि संस्थापक शेयरधनीले मात्रै साे शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म सम्पर्क गर्नुपर्नेछ ।
उक्त अवधिभित्र शेयर खरिदका लागी कुनै आवेदन नपरे सर्वसाधारण तथा अन्य कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने उल्लेख छ।






About Us
प्रतिक्रिया