काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७७ अंकले बढेर बन्द भएको हो। यससँगै साताभरमा जम्मा १६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
यस साता ५ दिन शेयर कारोबार हुँदा चार दिन बजार बढ्दा १ दिन घट्याे। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ३०.६० अंकले घटेर बजार २५ सय ७० दशमलव १८ को बिन्दुमा पुगेको थियो।
त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से ६.११ अंकको वृद्धिसहित बजार २५ सय ७६ दशमलव २९ को बिन्दुमा पुग्यो। यसैगरी, बुधबार नेप्से १४ अंकको वृद्धिसहित बजार २५ सय ९० दशमलव २९ को बिन्दुमा बन्द भयो।
यसैगरी, बिहीबार नेप्से ७.५० अंकले बढेर बजार २५ सय ९७ दशमलव ८० को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ७९.७४ अंकले बढेर बजार २५ सयको बिन्दुबाट बढेर २६ सय ७७ दशमलव ५४ को बिन्दुमा बन्द भयो।
कुन दिन कति कारोबार?
सोमबारः ३ अर्ब ४३ करोड
मंगलबारः ३ अर्ब ५५ करोड
बुधबारः २ अर्ब ७८ करोड
बिहिबारः ३ अर्ब ४९ करोड
शुक्रबारः ३ अर्ब ५३ करोड






About Us
प्रतिक्रिया