काठमाडौं – यूएई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त तथा नियमन गरिएको लुलु एक्सचेन्जले ग्राहक लक्षित ‘लुलु एक्सचेन्ज नगद फिर्ता अफर २०२६’ सार्वजनिक गरेको छ। जुलाई १५ देखि सेप्टेम्बर १२, २०२६ सम्म सञ्चालन हुने अफरमा कुल १ लाख यूएई दिर्हाम (AED 100,000) बराबरको क्यास ब्याक पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ। अफर अन्तर्गत पहिलाे पटक पैसा पठाउनेहरूले डब्बल फाइदा पाउनेछन्।
अफर यूएईभरका तोकिएका लुलु एक्सचेन्ज शाखाबाट व्यक्तिगत रूपमा पैसा पठाउने ग्राहकका लागि मात्र लागू हुनेछ। प्रत्येक सफल कारोबारमा ग्राहकले एउटा प्रवेश टिकट पाउनेछन् भने अफर अवधिमा पहिलो पटक दर्ता भई पहिलो कारोबार गर्ने नयाँ ग्राहकले योग्य कारोबारमा दोहोरो टिकट पाउनेछन्। रद्द, फिर्ता वा विवादित कारोबार भने मान्य हुने छैनन्।
अफरअन्तर्गत चार चरणमा लक्की ड्र गरिनेछ। प्रत्येक चरणबाट १०/१० जना गरी कुल ४० जना विजेता छनोट गरिनेछन्। विजेताले आफ्नो योग्य कारोबार रकम बराबरको क्यास ब्याक पाउनेछन्। तर ,एक विजेताले अधिकतम २ हजार ५०० दिर्हामसम्म मात्र पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक चरणका लागि २५ हजार दिर्हामका दरले कुल १ लाख दिर्हाम पुरस्कार छुट्याइएको छ।
विजेता छनोट यूएईका सम्बन्धित नियामक निकायका प्रतिनिधिको उपस्थितिमा स्वचालित इलेक्ट्रोनिक प्रणालीमार्फत गरिनेछ। विजेतालाई दर्ता भएको मोबाइल नम्बर, एसएमएस वा इमेलमार्फत जानकारी दिइनेछ। पुरस्कार लिन विजेताले सक्कल इमिरेट्स आईडी र कारोबार रसिद पेश गर्नुपर्नेछ। पुरस्कार घोषणा भएको ६० दिनभित्र दाबी गर्नुपर्नेछ।
लुलु एक्सचेन्जले पुरस्कार दाबीका नाममा ग्राहकसँग पिन नम्बर, पासवर्ड, कार्ड विवरण वा अन्य गोप्य वित्तीय जानकारी नमाग्ने स्पष्ट गर्दै यस्ता विवरण माग्ने व्यक्ति वा सन्देशबाट सचेत रहन आग्रह गरेको छ। अफर अबुधाबी, दुबई, शारजाह, अजमान र उम्म अल कुवैनमा रहेका लुलु एक्सचेन्जका तोकिएका ३४ शाखामा लागू हुनेछ। कम्पनीले ग्राहकलाई सहभागी हुनुअघि नियम तथा सर्त अध्ययन गरी तोकिएका शाखाबाट मात्र कारोबार गर्न आग्रह गरेको छ।






About Us
प्रतिक्रिया