नागरिक लगानी कोषले साढे १२ अर्ब मुद्दती निक्षेपमा राख्ने, बैंकहरुबाट प्रस्ताव माग

नागरिक लगानी कोषले साढे १२ अर्ब मुद्दती निक्षेपमा राख्ने, बैंकहरुबाट प्रस्ताव माग


बैकिङ्ग समाचार । 
नागरिक लगानी कोषले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा १२ अर्ब ५६ करोड ३ लाख रुपैयाँ मुद्दती निक्षेप बचतमा राख्ने भएको छ ।

कोषमा योगदानकर्ताहरुबाट जम्मा भएको रकम तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न चाहेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै कोषले मुद्दती निक्षेपमा राख्न कोषले ‘क’ वर्गका वाणिज्य बैंकहरुबाट कात्तिक २ गतेभित्र आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव मागेको छ ।