आईक्यानको अध्यक्षमा शर्मा


काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को अध्यक्षमा आनन्दराज शर्मा वाग्ले चुनिएका छन्। वाग्ले असार ३२ गते सम्पन्न आइक्यानको निर्वाचन मार्फत् अध्यक्ष चयन भएका हुन्।

संस्थाको उपाध्यक्षमा भने हेम काफ्ले निर्वाचित भएका छन्। आइक्यानको अध्यक्षमा पदमा  वाग्लेसँग र ठाकुर प्रसाद अधिकारी प्रतिस्पर्धामा उत्रिएका थिए। वाग्लेले १३ भोट ल्याएर निर्वाचित भएका हुन्। जसमा अधिकारीले ४ मत मात्रै प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा काफ्लेसँग अमन उप्रेतीले प्रतिस्पर्धा गरेका थिए। जसमा काफ्ले ९ भोट ल्याएर निर्वाचित हुँदा  उप्रेतीले ८ भोट ल्याए।