काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नेपाल मोबिलिटी एक्स्पो २०२६ मा २६ वटा चार पाङ्ग्रे ब्राण्डहरु सहभागी हुने भएका छन् । नाइमाकाअनुसार एक्स्पोमा २६ वटा चार पाङ्ग्रे ब्राण्ड सहभागि हुने भएका हुन् ।
महिन्द्रा, बीवाइडी, डेन्जा, किया, एमजी, हुन्डाई, टाटा मोटर्स, टोयोटा, निसान,जीडब्लुएम, ओमोडा, लिपमोटर, सिट्रोएन तथा अन्य नयाँ ब्रान्डहरूले आफ्ना सवारीसाधन प्रदर्शन गर्नेछन्।
चार पाङ्ग्रेतर्फ यात्रुवाहक तथा व्यावसायिक (कमर्सियल) सवारी दुवैको आकर्षक उपस्थिति रहनेछ। शोमा सातवटा कमर्सियल ब्राण्डहरु सहभागी हुनेछन् । चार पाङ्ग्रे यात्रुवाहकतर्फ २६ तथा कमर्सियलतर्फ ७ गरी कुल ३३ वटा चार पाङ्ग्रे स्टल रहनेछन् ।






About Us
प्रतिक्रिया